साफ करातेका स्वर्ण पदक विजेता मिन सम्मानित

काठमाडौं । सुस्मिता फाउण्डेशन र च्याम्पियन मार्सल आर्ट एकेडेमीले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली (साफ) कराते च्याम्पियनसिपका स्वर्ण पदक विजेता मिनबहादुर तामाङलाई नगदसहित सम्मान गरेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शनिबार आयोजित कार्यक्रममा साफ कराते‌को‌ ६० केजीका‌ स्वर्ण पदक विजेता मिनलाई १ लाख १ रुपैयाँ हस्तान्तरण गर्दै सम्मान गरे।

सोही अवसरमा खेलाडी अनिल बराम, प्रशिक्षक हरु दीपक श्रेष्ठ, कुशल श्रेष्ठ, मन्देकाजी श्रेष्ठ, श्याम सुनुवार, महेश महर्जन साथै फुटबल खेलाडी रिहान बुढालाई पनि सम्मान गरिएको छ ।

मुख्यमन्त्री लामाले खेल विकासमा सक्दो खालको कुनै पनि कार्यक्रम लाई आफुले सक्ने सहयोग गर्ने बचन दिए ।

सुस्मिता फाउण्डेशन का सिइओ सुस्मिता तामाङ र च्याम्पियन क्लब का एमडी सुशिला लामा ले यस प्रकार को खेलाडी तथा प्रशिक्षक सम्मान लाई निरन्तरता दिदै जाने बताइन्‌ ।

कार्यक्रममा तार्केश्वर नगरपालिका मेयर कृष्ण हरि महर्जन, नेपाल कराते महासंघ का महासचिव दावा गुरुङ लगायतको‌ उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :