पेरिस ओलम्पिक २०२४ मा फाइनल खेलमा बढी तौलका कारण डिस्क्वालिफाइ भएकि विनेश फोगटले रजत पदक पाउने वा नपाउने भन्ने बारेमा १६ अगस्त अर्थात् साउन ३२ गते फैसला हुने भएको छ।
पेरिस ओलम्पिकमा महिला ५० किलो ग्राममा भिडन्त गरेकि भारतिय कुस्ती खेलाडी फोगटले आफ्नो पहिलो खेलमा विश्व च्याम्पियन तथा टोकियो ओलम्पिकिमा स्वर्ण पदक जितेका जापानकि खेलाडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकि थिइन् ।
फाइनल खेल खेल्नु पूर्व गरिएको परिक्षणमा उनको तौल बढी पाइएपछि फाइनल खेल्न अयोग्य ठहरिएकि थिइन् । फोगटको १०० ग्राम तौल बढी निस्किएको थियो । त्यसपछि उनी डिस्क्वालिफाई हुनुको साथै उनले जितेको पदक समेत खोसिएको थियो ।
त्यसपछि रजत पदक पाउनु पर्ने भन्दै भारतीय पक्षले अपिल गरेका थिए । भारतीय ओलम्पिक कमिटीले फोगटको बारेमा १३ अगस्टमा फैसाला आउने जनाएपनि पछि १६ अगस्टमा हुने जानकारी गराएको छ ।
१६ अगस्टमा हुने फैसला फोगटको पक्षमा आउँछ वा आउदैन त्यो प्रतिक्षाको विषय बनेको छ । भारतीय ओलम्पिक कमिटी भने खेलाडीको पक्षमा फैसला आउने कुरा विश्वस्त देखिएको छ ।