पेरिस ओलम्पिकमा जेन्डर विवादसँगै चर्चामा आएकि ताइवानकि महिला बक्सिङ खेलाडी लिन यु टीङले स्वर्ण पदक जितेकि थिइन् । तिनै स्वर्ण पदक विजेता लिनको लागि ताइवान सरकारले पेरिसदेखि स्वदेश फर्किदा कडा सुरक्षा व्यवस्था गरेको छ ।
जसमा तीन एफ–१६ लडाकु विमान समेत रहेका छन् । पेरिस ओलम्पिकमा ताइवानले ७ पदक जितेको थियो । जस्मा दुई स्वर्ण पदक थिए । ति दुई स्वर्र्णमध्य एक स्वर्ण लिनले जितेकि थिइन् ।
मंगलबार पेरिसबाट स्वदेश फर्किएका लिन सहित ताइवानका खेलाडीहरुको सुरक्षाको लागि तीनवटा एफ– १६ लडाकु विमान समेत प्रयोग गरेको थियो । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले पेरिस ओलम्पिकमा पदक जित्ने खेलाडीप्रति आभार व्यक्त गर्दै एफ–१६ को प्रयोग गरेको हो ।