क्यासले गर्यो कुस्ती खेलाडी विनेस फोगाटको अपिल खारेज

पेरिस ओलम्पिक २०२४ को फाइनलमा पुगेर बढी तौलका कारण डिस्क्वालिफाई भएकि भारतीय कुस्ती खेलाडी विनेस फोगाटको अपील खारेज भएको छ । कोर्ट अफ आर्बिट्रशन फर स्पोट्स (क्यास) ले फोगाटको अपील खारेज गरेको हो ।

क्यासले बुधबार निर्णय गर्दै फोगाटको अपिल खारेज गरेको हो । फोगाटको अपील खारेजसँगै उनले रजत पदक समेत गुमेको छ । यसअघि १०० ग्राम तौल बढी भएपछि फोगाटलाई फाइनल खेल्नबाट बन्चित गरिएको थियो ।

त्यसपछि फोगाटले रजत पदक पाउँ भनि क्यासमा अपील गरेकि थिइन् । फोगाटको सुनुवाईको बारेमा पटक पटक समय सारिणी गरेको क्यासले १४ अगस्तमा निर्णय सुनाउँदै अपील खारेज गरेको हो । क्यासको यो फैसलासँगै फोगाटले रजत पदक गुमाएकि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :