माइक टाइसन पुनः बक्सिङ्ग रिङमा उत्रिदै

विश्व चर्चित अमेरिकि बक्सिङ्ग खेलाडी माइक टाइसन पुनः बक्सिङ्ग रिङमा उत्रिने भएका छन् । स्वास्थ्यका कारण लामो समयदेखि बक्सिङ्ग रिङमा नदेखिएका टाइसन यो पटक स्वास्थ्यलाई चुनौंति दिदै बक्सिङ्ग रिङमा उत्रिन लागेका हुन् ।

५८ वर्षिय टाइसनको भिडन्त ज्याक पावलसँग हुनेछ । टाइसन र पावलबिचको भिडन्त गत २० जुलाईमा जुने निश्चित भएको थियो । तर टाइसनलाई अल्सरको समस्या भएपछि उक्त भिडन्त तोकिएको समयमा हुन सकेन । त्यसपछि यो भिडन्तलाई केहि महिना पछि सारिएको थियो ।

अब टाइसन र पावलबिचको भिडन्त आगामी १५ नोभेम्वरमा टेक्सासको आर्लिङ्गटनमा हुने कार्यक्रम रहेको छ । टाइसनले यो भिडन्तको लागि आफुले तीन सातादेखि अभ्यास शुरु गरेको र आफु भिडन्तको लागि तयार भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :