न्यूजील्याण्ड महिला क्रिकेट टोलीकि स्टार अलराउण्डर तथा कप्तान सोफी डिवानले संयुक्त अरब इमिरेटमा हुने महिला टी २० विश्वकप क्रिकेटपछि कप्तानी भूमिका छोड्ने बताएका छिन् । तर उनले एकदिवसिय क्रिकेटको कप्तान भने बनिरहने बताएकि छिन् ।
३४ वर्षिय सोफीले सन् २००६ मा न्यूजील्याण्डको तर्फवाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेकि थिइन् । सोफीले अहिलेसम्म १३५ टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुको साथै ३२६८ रन समेत बनाएकि छिन् ।
त्यस्तै टी २० का ५६ अन्तर्राष्ट्रिय खेलमा न्यूजील्याण्डको कप्तानी समेत गरेकि छिन् । उनको कप्तानीमा न्यूजील्याण्डले २५ खेल जित्नुको साथै २८ खेलमा हारको सामना गर्नु परेको छ।
विश्वकप पछि टी २० क्रिकेटको कप्तानी छोड्ने निर्णय गरेकि सोफीले त्यसपछि आफ्नो मानसिक दबावमा ५० प्रतिसत कम हुने बताएकि छिन् ।
टी २० र एकदिवसिय क्रिकेटमा कप्तानी गर्न पाउनु गौरवको कुरा भएको बताउँदै आफुलाई त्यस्तो अवसर प्रदान गरेकोमा न्यूजील्याण्डको क्रिकेट वोर्डलाई धन्यवाद समेत दिएकि छिन्।