शरणार्थी प्यारालम्पिकको तर्फबाट अफगानिस्तानकि जाकिराले काश्य पदक जित्दै रचिन् इतिहास

अफगानिस्तानकि जाकिया खुदादादीले पेरिस प्यारालम्पिकमा शरणार्थी प्यारालम्पिकको तर्फबाट पहिलो पदक जितेर इतिहास रच्न सफल भएकि छिन् । जाकियाले तेक्वान्दोमा ४७ किलोग्रामतर्फ टर्किकि एन्किसी नुरसिहानलाई पराजित गरेर काश्य पदक जितेकि हुन् ।

पदक जितेपछि निकै भावुक बनेकि जाकियाले यो क्षण अविष्मणीय भएको बताएकि छिन् । उनले यो पदक अफगानिस्तानकि सवै महिला र विश्वभरिका सवै शरणार्थीको भएको बताइन् । साथै उनले एकदिन आफ्नो देशमा शान्ति बहाल हुने पनि बताइन् ।

अफगानिस्तानमा महिलाहरुलाई खेल्नबाट बन्चित गरिएपनि जाकिराले ११ वर्षको उमेरदेखि लुकिछिपी तेक्वान्दो खेल्न थालेकि थिइन् । सन् २०२१ मा अफगानिस्तानमा तालिवानको उदय भएपछि जापान पुगेकि जाकिराले त्यहि शरणार्थी बन्न पुगेकि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :