पलेशा कास्य पदक नजिक

काठमाडौं । नेपालकी पलेशा गोबर्धन पेरिसमा जारी पारालिम्पिक–२०२४ अन्तर्गत तेक्वान्दोको के–४४ क्याटगोरीको महिला ५७ केजी मुनिको कास्य पदकको लागि भिड्ने भएकी छिन् ।

शुक्रबार भएको क्वार्टरफाइनलमा पराजित भएपनि रिपाचेजमा सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै पलेशा कास्य पदक नजिक पुगेकी हुन्।

पलेशा क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित भएकी थिइन् ।

शुक्रबार नै भएको पहिलो चरणको खेलमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :