पारालिम्पिकमा पलेशाले जितिन् नेपालका लागि ऐतिहासिक कास्य पदक 

काठमाडौं । नेपालकी पलेशा गोबर्धनले पेरिस पारालिम्पिक–२०२४ मा ऐतिहासिक पदक जितेकी छिन्।

पारालिम्पिक अन्तर्गत तेक्वान्दोको के–४४ क्याटगोरीको महिला ५७ केजी मुनिको तौल समूहमा पलेशाले नेपालका लागि ऐतिहासिक कस्य पदक जितेकि हुन् ।

कास्य पदकका लागि शुक्रबार भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले हराउँदै ऐतिहासिक पदक जितेकी हुन् ।

यससँगै पलेशा ओलम्पिक तथा पारालिम्पिकमा नेपाललाई पदक दिलाउने पहिलो खेलाडी बन्न सफल भएकी छिन् । पलेशाले जितेको यो कास्य पदक नेपाली खेलकुदको अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो।

पलेशा क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित भएपनि रिपिचेज खेल्दै कास्य पदक जित्न सफल भइन्।

शुक्रबार नै भएको पहिलो चरणको खेलमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :