काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली श्रीलंका प्रस्थान गरेको छ।
आईसीसी विश्वकप लिग–२ को तयारी अन्तर्गत अभ्यासका लागि नेपाली टोली आइतबार श्रीलंका प्रस्थान गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोली श्रीलंकामा सेप्टेम्बर २ देखि ९ सम्म अभ्यास गर्ने छ।
नेपाली टोलीले श्रीलंकामा रहदा डेभ्लपमेन्ट टोलीसँग क्रमशः सेप्टेम्बरमा ३, ५ र ७ सेप्टेम्बरमा तीन एकदिवसीय अभ्यास खेल खेल्ने छ ।
भारतको नेसनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर टोली चार दिनअघि मात्रै स्वदेश फर्किएको थियो।
नेपालको टोलीः
रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने।