साफ यू २० च्याम्पियनसिप फुटबलको ट्रफी भारतले ४–१ ले जित्यो । जित्नु हार्नु खेलको नियम हो । तर जित्ने लक्ष्य लिएर मैदानमा ओर्लिएको नेपाली टीम नराम्रोसँग पराजित हुनु दुःखको कुरो हो । म्याच मूल्याङ्कन गर्दै टीम क्याप्टेन भन्दै थिए– ‘हाम्रा खेलाडीहरु नराम्रा छैनन् व्यक्तिगत क्षमता भएका छन् । तर उनीहरुले टीमलाई महत्व दिनुको सट्टा इन्डिभिजुयल परफेन्समाथि केन्दीत भए जुन निर्णय हाम्रो लागि घातक भयो।’
यसैगरि नेपाली फुटबल टीम प्रशिक्षक भन्दै थिए ‘खेलाडीहरु नितान्त व्यक्तिवादी भएर खेले । जुन कुरो राम्रो भएन । जसले गर्दा हामी पराजित भयौं।’
भारत र नेपालको फाइनल खेललाई मनोवैज्ञानिक दृष्ट्रिकोणबाट हेर्नु आवश्यक छ । मनो– समिश्रणात्मक अवयव भित्र पस्दा खेलाडीहरुमा संवेग राम्रो थियो । पुरा जोसका साथ खेलेका देखिन्थे । प्रत्येक पासलाई नियोजित ढङ्गवाट नियन्त्रण गर्दथे र अगाडि बढाउँथे ।
यसलाई उनीहरुको परसेप्स, रियाक्सन पनि राम्रो थियो । प्रत्येक बल ग्रहण गरेपछि राम्रोसँग रियाक्ट गर्दथे । उनीहरु मोटिभेट थिए । दर्शकहरुको साथ पाएर उनीहरु उत्साहित हुन्थे र मैदानमा भिडेर खेल्ने गर्दथे । समग्रमा मनो– समिश्रणात्मक गुणहरु ठिकै थियो। तर पनि हार्यो कसरी भन्ने उब्जिन्छ ।
फुटबल अवसरको खेल हो । अवसर सिर्जना गर्न सधै सवै खेलाडीहरु उद्दत हु्न्छन् । जसले अवसर पाउँछ र बनाउछ त्यसैले खेल जित्दछ । यस्तै भयो भारत र नेपालबीच । भारतले अवसर सिर्जना गरेर इन्स्टेन्ट किल गर्यो । पटक पटक अवसर सिर्जना गरेर नतिजातर्फ उन्मुख भए तर उनीहरुलाई निस्फल बनाउने हाम्रा प्रयासहरु नाकाम भए । ज्िरत्तपनि अवसर बनाए उनीहरुले ति सवै प्रयास सार्थक भए ।
उनीहरुको निर्णय सहि सावित भयो । उनीहरुले हाम्रो डिफेन्स लाइनको कमजोरी राम्ररी अध्ययन गर्दै खेलेका थिए । त्यसैले त बंगलादेशका मु्ख्य प्रशिक्षकले भने ‘नेपाल राम्रो टीम हो । तर आज उसले सिम्पल फुटबल खेल्यो, जसको फाइदा हामीले उठायौं ।
कुरो के रहेछ भने जब खेलाडीहरुले व्यक्तिवादी भएर खेल खेल्छन तव त्यहा कुनै पनि मनोविज्ञानले काम गर्दैन । फेरी नेपाली प्रशिक्षक भन्छन् ‘खेलाडीहरुलाई टीममा खेल बारम्वार भन्नु परिरहेको छ । तर पनि उनीहरु व्यक्तिगत सिप प्रदर्शन गर्न आतुर देखिए । जुन कुरो गलत थियो । टीममा सहयोग गर्दै खेल खेल्दाखेरी उनीहरुको नाम त्यसै चल्ने थियो भन्ने उनीहरुले ।