काठमाडौं । अगस्ट १८ देखि २८ सम्म एन्फा कम्प्लेक्समा भएको साफ यू–२० च्याम्पियनसिप २०२४ को उपविजेता बनेको नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीका खेलाडीले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
नेपाल फाइनलमा बंगलादेशसँग ४-१ ले पराजित भएको थियो। एन्फाको अगस्ट २९ मा सम्पन्न एन्फा बैठकले खेलाडी र म्याच अफिसियल दुवैलाई नगद पुरस्कार वितरण गर्ने निर्णय गरेको थियो ।
कुल टिकट बिक्रीको २० प्रतिशत समेत खेलाडीलाई दिने एन्फाले निर्णय गरेको छ । जुन निर्णय निर्णय अनुसार कुल आम्दानीको २० प्रतिशत अर्थात् १५ हजार ४० रुपैयाँ बराबरको रकम खेलाडीले प्राप्त गर्नेछन् ।
यस्तै प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार, साहयक प्रशिक्षक ससेन्द्र धिमाल र राजुसिंह महर्जनले जनही २५ रुपैयाँ हजार प्राप्त गर्नेछन् भने टिम म्यानेजर रविन खड्का र टिम फिजियोथेरापिस्ट अनिश बुढाथोकीलाई समान २५ हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ।