काठमाडौं । जारी एन्फा महिला लिग २०२४ अन्तर्गत मंगलबार सम्पन्न दोस्रो खेल अर्थात् विभागीय डर्बी गोलरहित बराबरीमा सकिएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दुई विभागीय टोली एपीएफ र पुलिस बीचको खेल गोलरहित बराबरीमा सकिएको हो ।
गोलका लागि पाएको अवसरको सहि सदुपयोग गर्न नसक्दा दुवै टोली बराबरी खेल्दै लिगको शुरूवात गर्न बाध्य भए । यो बराबरीसँगै दुवै टोलीले पहिलो खेलबाट १-१ अंक जोडेका छन् ।
मंगलबारै सम्पन्न पहिलो खेला अर्को चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले १-१ को बराबरी खेलेका थिए ।
चन्द्रपुरका लागि रजनी थोकर र कर्णालीका लागि सुनकला राईले गोल गरिन् ।