काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भुटानसँग खेल्दै घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप २०२४ को शुरूवात गर्ने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको हो ।
साविक उपविजेता नेपाल प्रतियोगिताको समूह ‘बी’ रहेको छ । यस समूहमा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन्।
यस्तै समूह ‘ए’ मा साविक विजेता बंगलादेश, भारत र पाकिस्तान रहेका छन्। नेपाल र भुटानबीचको खेल अक्टोबर १८ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५:३० बजे शुरु हुनेछ।
नेपालले दोस्रो खेल अक्टोबर २१ मा माल्दिभ्स र समूहचरणको अन्तिम खेल अक्टोबर २४ मा श्रीलंकासँग खेल्नेछ।
त्यसअघि अक्टोबर १७ मा च्याम्पियनसिपको उद्घाटन खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
खेल तालिका: