काठमाडौं । जारी एन्फा महिला लिग २०२४ मा विभागिय टोली त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा आर्मीले संकटा फुटबल क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
यसै खेलबाट एन्फा महिला लिगमा डेब्यु गरेको संकटालाई पराजित गर्न आर्मीकी विमला चौधरीले दुई तथा सावित्रीदेबी मगर र अनीता लम्जेलले एक एक गोल गरिन्।
जितसँगै आर्मीले पहिलो खेलबाट ३ अंक जोडेको छ । डेब्यु टोली संकटाले पराकिलो हारबाट लिगको शुरुवात गरेको छ ।