काठमाडौं । नौ पटककी राष्ट्रिय टेबलटेनिस च्याम्पियन नवीता श्रेष्ठ बुधबार फ्रान्सको पेरिस प्रस्थान गरेकी छन् ।
टोयोटा मोटर एसिया (सिंगापुर) प्रालिको निमन्त्रणामा फ्रान्समा जारी पेरिस पारालिम्पिक-२०२४ मा अतिथिका रुपमा सहभागी हुन नवीता पेरिस प्रस्थान गरेकी हुन् । नवीता टोयोटाकी ब्रान्ड एम्बासडर हुन् ।
पेरिसमा रहँदा नवीताले विभिन्न खेलको अवलोकन गर्नुका साथै ग्लोबल एथलिट टोयोटा टिमसंगको अन्तरक्रियामा सहभागी हुने छिन् ।
नवीतासँगै उनका पति राष्ट्रिय टेबलटेनिस खेलाडी राकेश महर्जन पनि पेरिस प्रस्थान गरेका छन् ।