पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले निकट भविष्यमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने बताएका छन् । युरो कप २०२४ पछि निकै आलोचित बन्न पुगेका रोनाल्डोले लामो समयपछि यो बारेमा बोल्दै आफु्ले निकट भविष्यमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कुनै योजना नबनाएको बताएका हुन् ।
रोनाल्डो भने–‘यो सबै अफवाह प्रेसले फैलाएको हो । मेरो दिमागमा अन्तर्राष्ट्रिय फुटबलवाट सन्यास लिने कुरा आएको छैन । यतिबेला मेरो लक्ष्य भनेको नेशन लिग जित्नु हो । हामीले एक पटक नेशन लिगको उपाधि जितिसकेका छौं, पुनः जित्न चाहन्छौं। म अहिले यहि कुरामा केन्द्रित छु ।’
त्यस्तै रोनाल्डोले आफ्नो सोच दीर्घकालिन नभई अल्पकालिन भएको भन्दै अहिले आफू सोचमै रहेको र इमान्दारी पूर्वक आफ्नो जिम्मेवारी निभाउने बताएका छन् ।