२०२४ को बालोन
`डी´ ओर अवार्डको लागि प्रारम्भिक चरणको मनोनयनमा परेका खेलाडीहरुको नाम सार्वजनिक भएको छ । बुधबार राति सार्वजनिक मनोनयनको प्रारम्भिक चरणको सूचीमा ३० खेलाडीको नाम समावेश गरिएको छ ।
तर ती ३० खेलाडीको सूचीमा र्जेन्टिनी कप्तान लियोनल मेस्सी तथा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको नाम समावेश छैन। मेस्सीले सन् २०२३ मा कीर्तिमानी आठौं पटक बालोन `डी´ ओर अवार्ड जितेका थिए । यस्तै रोनाल्डोले पाँच पटक यो अवार्ड जितेका छन् ।
तर सन् २००३ पछि पहिलो पटक यी दुवै खेलाडी मनोनयनमै अटाउन नसकेका हुन् । मनोनयनमा प्रिमियर लिग टोली म्यानचेस्टर सिटी र आर्सनलबाट समान ८ तथा इङ्ग्ल्याण्ड र स्पेनबाट समान ६ खेलाडी अटाएका छन् । यस वर्षको `डी´ ओर अवार्ड अक्टोबर २८ मा पेरिसमा हुने तयारी भइरहेको छ।
मनोनयनको प्रारम्भिक सूचीमा परेका खेलाडीको सूची:
जुड बेलिङ्घम ( इङ्ग्ल्याण्ड र रियल म्याड्रिड), रुबेन डायस (पोर्चुगल र सिटी), फिल फोडेन ( इङ्ग्ल्याण्ड र सिटी), फेडेरिको भाल्भर्डे (उरुग्वे र रियल ), एमिलियानो मार्टिनेज (अर्जेन्टिना र एस्टन भिल्ला), अर्लिङ हाल्यान्ड (नर्वे र सिटी), निको विलियम्स (स्पेन र एथलेटिक बिलबाओ), ग्रानित जाका (स्विजरल्याण्ड र बायर लेभरकुसेन), आर्टेम डोभबिक (युक्रेन र रोमा), टोनी क्रुस ( जर्मनी र रियल ), भिनिसियस जुनियर (ब्राजिल र रियल ), ड्यानी ओल्मो (स्पेन र बार्सिलोना), फ्लोरियन विर्ट्ज (जर्मनी र बायर लेभरकुसेन), मार्टिन ओडेगार्ड (नर्वे र आर्सेनल), माट हुमेल्स (जर्मनी, फ्री एजेन्ट),रोड्री (स्पेन र सिटी),ह्यारी केन ( इङ्ग्ल्याण्ड र बायर्न म्युनिख), डेक्लान राइस ( इङ्ग्ल्याण्ड र आर्सेनल), भिटिनहा (पोर्चुगल र पिएसजी ), कोल पाल्मर (इङ्ग्ल्याण्ड र चेल्सी), ड्यानी कार्भाजल (स्पेन र रियल ), लामिन यमल (स्पेन र बार्सिलोना), बुकायो साका ( इङ्ग्ल्याण्ड र आर्सनल), हाकान काल्हानोग्लु (टर्की र इन्टर मिलान), विलियम सलिबा (फ्रान्स र आर्सेनल), केलियन एमबाप्पे (फ्रान्स र रियल ), लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान), एडेमोलस लुकम्यान (नाइजेरिया र एटलान्टा), एन्टोनियो रुडिगर (जर्मनी र रियल ) र अलेजान्ड्रो ग्रिमाल्डो (स्पेन र बायर लेभरकुसेन)