इङ्गल्याण्ड र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम टेष्ट भोलि भदौ २१ गते शुक्रबारदेखि ओवलमा शुरु हुँदैछ । तेस्रो टेष्टमा इङ्गल्याण्डको तर्फबाट जोश हल अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दैछन् । इङ्गल्याण्डले आफ्नो टोलीमा गरेको यो एक मात्र परिवर्तन हो ।
चोटका कारण मार्क वुड टोलीबाट बाहिरिएपछि उनको अनुपस्थितिमा फास्ट बलर जोश हललाई टोलीमा समावेश गरिएको हो । लामो कदका जोश हल ८५-९० माइल प्रतिघण्टाको स्पीडमा बलिङ गर्दै आएका छन् ।
हलको गति र क्षमता उनको बलिङलाई विशेष बनाउँदै आएको छ । इङ्गल्याण्ड र श्रीलंकाबिचको तीन टेष्ट म्याचको सिरिजमा इङ्गल्याण्डले पहिलो र दोश्रो जित हासिल गर्दै श्रृंखलामा २–० ले अग्रता बनाएको छ ।