सुर्खेत । आगामी मंसिर २ देखि ९ गतेसम्म आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका २४ खेलहरु कर्णाली प्रदेशका विभिन्न जिल्लामा आयोजना हुदैछन् । ती २४ खेलमध्य १४ खेल १३ वटा इन्डोर हलमा हुनेछन्, भने बाँकी १० खेल आउटडोर खेल स्थलमा गर्ने गरि प्रस्ताव गरेको कर्णाली प्रदेश खेलकुद विकास परिषदले जानकारी गराएको छ ।
दसौं राष्ट्रिय खेलकुदको इन्डोरतर्फ ब्याडमिन्टन, तेक्वान्दो, उसु र भलिबल खेलहरु मुख्य अर्थात् प्रदेश रङ्गशालामा परिसरमा निर्मित कभर्डहमा आयोजना हुनेछन् । त्यस्तै कुस्ती (क्रिकेट इन्डोर हल), जुडो (खाद्य स्थानको हल), शारिरीक सुगठन (सिटी हल, सुर्खेत), भारोत्तोलन (जिल्ला समन्वय समितिको हल), कबड्डी (कभर्डहल, दैलेख), फुलकन्ट्याक्ट कराते (कभर्डहल, कालिकोट), कराते (कभर्डहल, जुम्ला), आइटीएफ तेक्वान्दो (कभर्डहल, रुकुम पश्चिम), टेबलटेनिस (कभर्डहल, सल्यान) र बुद्धिचाल (जाजरकोट नगरपालिका) मा हुनेछन् ।

त्यस्तै आउटडोर तर्फका खेलहरुमा महिला क्रिकेट प्रदेश रङ्गशाला परिसर र पुरुष क्रिकेट कालुङ्गचोक मैदानमा खेलाइने छ । फुटबलका खेलहरु तीनवटा खेल स्थलमा खेलाइने छ । महिला फुटबल चिसापानी फुटबल मैदानमा खेलाइने छ भने पुरुष फुटबल मेहलकुना फुटबल मैदानमा खेलाइने छ । महिला तथा पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेलहरु प्रदेश रङ्गशालामा आयोजना हुनेछन् ।

यसैगरि रग्बी कालुङ्गचोक मैदानमा खेलाइने छ भने बास्केटबल प्रदेश रङ्गशाला, ह्याण्डबल प्रदेश रङ्गशाला, खोखो प्रदेश रङ्गशाला परिसर, पौडी प्रदेश रङ्गशाला, एथ्लेटिक्स प्रदेश रङ्गशाला, बक्सिङ (जिल्ला खेलकुद, सुर्खेत) र हक्की (हक्की मैदान, हुम्ला) मा खेलाइने छ ।
यस्ता छन्, दसौं राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेशको विभिन्न जिल्लामा तयार पारिदै गरेको इन्डोर र आउटडोर खेल स्थलहरु –













