पोर्चुगलका विश्व चर्चित स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले फुटबल खेलमा मात्र नभई डिजिटल वल्र्डमा समेत कीर्तिमान बनाएका छन् । रोनाल्डोले सबै सोसल मिडिया प्ल्याटफर्ममा १ बिलियन फलोअर्स पार गर्ने पहिलो खेलाडी बन्दै कीर्तिमान बनाएका हुन् । यो कुराले उनी विश्वभरि कति लोकप्रिय छन्, त्यो कुरालाई समेत प्रमाणित गरिदिएको छ ।
रोनाल्डोको सोसल मिडिया फ्लोइङ्ग इंस्टाग्रामतर्फ ६३९ मिलियन भन्दा धेरै रहेका छन् । त्यस्तै फेसबुकमा १७० मिलियन, ट्वीटरमा ११३ मिलियन, यूट्यूबमा ६०.५ मिलियन सब्सक्राइबरको सहभागिता रहेको छ ।
विशेष रुपमा भन्नुपर्दा रोनाल्डोले यसै महिनाको शुभारम्भमा यूट्यूब च्यानलको शुरुवात गरेका थिए । उक्त च्यानल शुरु गरेको पहिलो दिनमै १५ मिलियन र पहिलो सातामा ५० मिलियन सब्सक्राइबर सम्म पुगेको थियो ।
यस्तो किर्तिमान सफलता प्राप्त गरेपछि रोनाल्डो एक विशेष पोस्ट गर्दै यो ऐतिहासिक उपलब्धिको भएको भन्दै आफ्ना प्रशंसकहरुको अटुट समर्थन र विश्वासले कीर्तिमान कायम गर्न सफल भएकोमा आभार व्यक्त गरेका छन । रोनाल्डोले पोस्टमा लेखेका छन, ‘हामीले इतिहास रचेका छौं–एक बिलियन्स फलोअर्स वाह । मैले सधैं आफ्नो परिवार र तपाईहरुको लागि खेले, हामी सधैं एक बिलियम व्यक्ति सधैं साथ खडा रहने छौं।’