चेस ओलम्पिक रिङको पहिलो चरणमा नेपालका विवेकले जर्मनका हाहनलाई हराए 

हंगेरि । विश्व बुद्धिचाल महासंघको आयोजनामा जारी ४५ औं चेस ओलम्पियाड खेल्न हंगेरिको बुढापेष्ट पुगेका विवेक थिङले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक रिङ्ग एक्स्पो क्लासिक बुद्धिचाल खेलमा सहभागी हुने मौका पाएका छन्। नेपालबाट ९ जना खेलाडीले जर्मन एम्बेस्सी मार्फत भिसा पाउन असमर्थ भएका कारण अष्ट्रेलियाबाट पुगेका विवेकले एक्स्पो खेलेका हुन्। 

पहिलो चरणको खेलमा नेपालका विवेक थिङले प्रतिद्वन्द्वीका रुपमा जर्मनका हाहन निक्लससँग प्रतिस्पर्धा गर्नु परेको थियो। विवेकले नेपाली खेलाडीहरुको भिसा उपलब्ध गर्न असमर्थ जनाएको जर्मन एम्बेस्सीकै राष्ट्रका कमजोर खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहज रुपमा पराजित गरेका छन्। 

हंगेरि चेस संघको आयोजनामा सेप्टेम्बर ९ देखि २१ तारिख सम्म सञ्चालन हुने ओलम्पिक रिङ्ग एक्स्पो क्लासिक चेस प्रतियोगितामा ११ राष्ट्रका दुई अन्तर्राष्ट्रिय मास्टर, दुई क्याण्डिडेट मास्टर सहित २६ अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको छ। नेपालका विवेक थिङसहित अमेरिका, जर्मन, इटाली, रोमानिया, डेनमार्क, युक्रेन, हंगेरिया, पर्सिया, घाना, नाइजेरियाका खेलाडीहरु प्रतिस्पर्धामा छन्। 

आओ होर्भाट सिसाभाको रेखदेखमा सञ्चालन भइरहेको प्रतियोगितामा प्रमुख निर्णायक आईए कोर्पिक्स जेडसल्ट रहेका छन्। नेपालका उच्च २२८२ रेटड सिएम विवेक थिङ शीर्ष खेलाडी रहेका छन्। उनले यस प्रतियोगिता मार्फत ब्यक्तिगत १८ रेटिङ बढाए रेटिङ पर्फोमेन्सका आधारमा पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्ने छन्। 

विवेकले दोश्रो चरणको खेलमा हंगेरिका बाकल बेन्ससँग प्रतिस्पर्धा गर्ने भएका छन्। भारतको दिल्लीस्थित हंगेरि एम्बेस्सीले नेपाली टोलिलाई भिसा एप्लाई गर्दै नगर्न सुझाब दिएका थिए। ४५ औं ओलम्पियाडमा विश्वका १९७ राष्ट्रको बहुसंख्यक सहभागीता गराउने कुरालाई सुनिश्चितता गर्न नसकेर पहिलो चरणको खेलमा २० राष्ट्रका पुरुष टोलि र २० राष्ट्रका महिला टोलीले भिसा समस्याका कारण हंगेरि पुग्नबाट बञ्चित भएका छन्। 

अन्तर्राष्ट्रिय प्रतियोगितामा ९० मिनेट ३० सेकेन्डको इन्क्रिजमेण्ट क्लासिकल खेल निकै स्तरीय हुने गर्दछ। नेपालका विवेक थिङलाई आयोजकले दर्ता शुल्क फ्रि गरेको छ भने पहिलो स्थान हात पारे ३ सय ७५ यूरो पुरस्कार प्राप्त गर्नेछन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :