अफगानिस्तानको तालिबान सरकारका सुप्रिम लिडरले क्रिकेट खेलमाथि प्रतिबन्ध लगाउने आदेश दिएका छन् । यो खवरले अहिले अफगानिस्तानको क्रिकेटमाथि पूर्णरुपमा प्रतिबन्ध लाग्ने सम्भावना बढेर गएको छ ।
यसअघि तालिबान सरकारले अफगानिस्तानका महिला खेलाडीहरुलाई क्रिकेट खेल्न प्रतिवन्ध लगाई सकेको छ । यदि क्रिकेट खेलमाथि तालिबान सरकारले प्रतिबन्ध लगाए अफगानिस्तानका पुरुष खेलाडीहरुले पनि अफगानिस्तानको प्रतिनिधित्व गर्दै कुनै किसिमका अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न पाउने छैनन् ।
पछिल्लो समयमा अफगानिस्तान क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो छलाङ मारेको छ । केहि महिनाअघि अमेरिकामा सम्पन्न टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले उत्कृष्ट प्रदर्शन गर्न सफल भएको थियो । अफगानिस्तानले पाकिस्तान र इङ्ग्ल्याण्डको टोलीलाई समेत पराजित गरेको थियो ।
अहिले अफगानिस्तानका खेलाडीहरु विश्वभरिका क्रिकेट लिग खेल्दै आफ्नो राष्ट्रको नाम रोशन गर्दै आएका छन । यस्तो यदि तालिबान सरकारले क्रिकेट खेलमाथि प्रतिबन्ध लगायो भने खेलाडीहरुको भविष्य अन्धकारमय हुनेछ । अफगानिस्तानको क्रिकेटमा ठूलो संकट आइलाग्ने सम्भावना बढेर गएको छ ।
सुप्रिम लिडरले क्रिकेट खेलमाथि प्रतिवन्ध लगाउने आदेश दिएपनि तालिबान सरकारले भने अहिलेसम्म यसको पुस्टि गरको छैन। यदि अफगानिस्तानको क्रिकेटमाथि प्रतिवन्ध लागे अफगानिस्तानक क्रिकेट प्रेमी र खेलाडीहरुमाथि ठूलो झट्का लाग्ने छ ।