काठमाडौं । कर्णाली यश्विजले पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा लगातार चौथो जित हासिल गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ( राखेप) को कभर्डहलमा सम्पन्न रोमाञ्चक साथै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले चितवन शक्तिलाई ३-२ को सेटमा पराजित गरेको हो ।
कर्णालीले खेल २०-२५, २५-१८, २१-२५, २५-१५ र १५-१३ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै चार खेलमा १० अंक जोडेको कर्णाली शीर्ष स्थानमा उक्लिएको छ ।
पराजित चितवन समान खेलमा ७ अंकसहित तेश्रो स्थानमा छ ।
लिग चरणको अन्तिम खेलमा शुक्रबार कर्णालीले काठमाडौं र चितवनले ललितपुर क्विन्सको सामना गर्नेछ।