पेरिस ओलम्पिक २०२४ मा ओभर तौलका कारण फाइनल खेलमा डिस्क्वालीफाई भएकि भारतकि कुस्ती खेलाडी विनेश फोगाटले हरियाणाको विधानसभा चुनावमा जित हासिल गरेकि छिन् ।
कांग्रेस पार्टीको तर्फबाट हरियाणा विधानसभाको जुलाना सिटवाट उम्मेद्वारी दिएकि फोगाटले भारतीय जनता पार्टीका उम्मेद्वार योगेशकुमारलाई ६००० भन्दा बढी मतले पराजित गरेकि हुन् ।
फोगाटले कुल ६५ हजार ८० मत प्राप्त गर्दा योगेशले ५९ हजार ६५ मत प्राप्त गरेका थिए । त्यस्तै यहि क्षेत्रवाट आम आदमी पार्टीबाट उम्मेद्वारी दिएकि अर्कि कुस्ती खेलाडी कविता रानीको भने जमानत जफत भएको छ । कविताले मात्र १२०० भोट प्राप्त गरेकि थिइन् ।