काठमाडौं । नेपालले श्रीलंकामा जारी काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिपमा दोश्रो जित हासिल गरेको छ ।
श्रीलंकाको कोलम्बोमा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले माल्दिभ्सलाई क्रमश: २५-५, २५-१२ र २५-२० को सेटमा पराजित गर्यो । जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेको छ।
यसअघि पहिलो खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको नेपाल दोश्रो खेलमा उज्बेकिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो ।
नेपालले अब चौंथो खेलमा बिहीबार किर्गिस्तानको सामना गर्नेछ।