इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले सहज जित हासिल गरेको छ ।
घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-० गोलले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन डार्विन नुनेज र मोहम्मद सलाहले गोल गरे ।
जितसँगै ११ खेलमा २८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा कायम छ ।
पराजित भिल्ला समान खेलमा १८ अंकसहित आठौं स्थानमा रहेको छ ।