फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार भएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) विजयी भएको छ ।
पीएसजीले घरेलु टोली एन्जर्सलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीलाई जित दिलाउन ली काङ्ग-इन र ब्राडली बार्कोलाले दुई दुई गोल गरे ।
एन्जर्सका लागि स्टेबन लिपउल र इम्यानुएल ब्युमलले गोल फर्काए ।
जितसँगै ११ खेलमा २९ अंक जोडेको पीएसजी शीर्ष स्थानमा कायम छ ।
पराजित एन्जर्स समान खेलमा १० अंकसहित १५औं स्थानमा रहेको छ ।