सन् १९६६ मा हुदै नभएको गोललाई गोल दिएर त्यसबेला हामी माथि न्याय भएको थिएन । तर आज त्यो गोलले बल्ल न्याय पाएको छ भनि प्रतिज्ञा व्यक्त गरे जर्मनीका फरवार्ड थोमस मुलरले । सन् १९६६ को विश्वकप फुटबलको फाइनलमा इङ्गल्याण्ड र जर्मनी भिडेका थिए । जसमा इङ्गल्याण्डले जर्मनीलाई ४–२ ले हराएको थियो । इङ्गल्याण्डको तर्फबाट हस्टले ३ र पीटर्सले १ गोल गरेका थिए । हस्टले गरेको एउटा गोल बिममा ठोकिएर सिधै लाइनमा झरेको थियो । गोल पोस्टको लाइन क्रस गर्दै नगरेको बललाई लाइन क्रस गर्यो भन्ने ठानेर स्वीट्जरल्याण्डका रेफ्री डेन्स्टले गोलको मान्यता दिएका थिए । जर्मनीहरु अहिले पनि गोल लाइन ननाघेको दाबी गर्दछन् । र त्यो गोल हो वा होइन भनेर अहिले सम्म पनि वादविवाद हुने गर्दछ ।
पुनः यस पटक विवाद भएको छ । जर्मनी र इङ्गल्याण्डबीचको खेलमा इङ्गल्याण्ढका मिडफिल्डर फ्राङ्क लाम्पार्डले हानेको बल बिममा लागेर गोल लाइन क्रस गरेको प्रस्ट देख्रिन्थ्यो । तर बलले लाइन क्रस गरेको घटना उरुग्वेका रेफ्री जर्ज लारिवण्डा र उनका सहायक रेफ्रीले देखेनन् । अर्थात् उनीहरुले गोल थिएन भन्दै खेललाई अगाडि बढाए । लाम्पार्डको उक्त गोललाई मान्यता दिएको भए इङ्ल्याण्डले खेल २–२ को बराबरीमा ल्याउने थियो र खेलको अवस्थामा नै फरक पर्ने थियो ।
पुरा खेलको त्यो नै निर्णायक गोल थियो । फुटबलमा स-सना घटनाले पनि ठूलो प्रभाव पार्दछ । लाम्पार्डको प्रहार गोल थियो र यो त पुरा खेलको सर्वाधिक खेलको महत्वपूर्ण घटना थियो भनि गुनासो पोखे इङ्गल्याण्डका प्रशिक्षक फावियो कपिलोले । जर्मनीका रेफ्री हेल्मट क्रुगले पनि टेलिभिजन हेरेपछि भने त्यो वास्तवमा गोल थियो । रेफ्रीले भन्न नसके पनि कम्तिमा लाइन्सम्यानले पक्कै देख्नु पर्ने थियो । नाङ्गो आँखाले देख्न सकिने गोल थियो ।
वास्तवमा फृुटबलमा लाइनभित्र बल छिर्यो कि छिरेन भन्ने कुराको विवादको अन्त्य गर्नुपर्छ भन्दै इङ्गल्याण्ड र स्कटल्याण्डका फुटबल संघहरुले फीफालाई सुझाव दिएका थिए । तर फीफाले उनीहरुको सुझावलाई ठाडै अस्वीकार गरेको थियो । गोल लाइन प्रविधि हुनु हुदैन भन्छन् फीफाका पदाधिकारीहरु । तर सुझावका रुपमा दुई विकल्पहरु अगाडि सारिएको थियो । बलभित्र कम्प्युटर चिप्स हाल्ने वा टेनिस र क्रिकेटमा प्रयोग हुदै आएको हक आई प्रविधि प्रयोग गर्ने ।
एथलेटिक्स र पौडी खेलमा पनि उच्च प्रविधि प्रयोग गरिदै आएको छ । एथलेटिक्समा फोटो फिनिसले निर्णयह्ररु गर्न मद्दत पुर्याउँछ अतः फुटबललाई विवाद रहित बनाउन यथासिघ्र उच्च प्रविधिको विकासको प्रयोग शुरु गर्नु पर्दछ । तर फीफाले यसै वर्षको मार्चमा गोल लाइन प्रविधिको प्रयोग गर्ने सम्भावनालाई अस्विकृत गरेको थियो ।
फुटबल खेलमा विवादित घटनाहरु घटि नै रहन्छन् । अर्को एउटा विवादित घटना असोज १८ गते भएको उरुग्वे र घानाबीच खेलिएको क्वाटरफाइनल खेलमा घटेको थियो । अतिरिक्त समयमा घानाका डोमिनिक अडिविययलले हेड गरेको बलले गोल लाइन क्रस गरेको थियो । जुन बललाई उरुग्वेका स्ट्राइकर डेविड स्वारेजले गोल पोस्टभित्र पसेर जानीजानी हातले रोके ।
डेविडको उक्त कार्यलाई पोर्चुगलका रेफ्री ओलेगरियो बेनक्वीरेन्काले सिधै रातो कार्ड दिएर मैदानबाट हटाई दिए । रातो कार्ड दिएर खेलाडी लाई मैदानबाट बाहिर पठाउनु भन्दा पनि उक्त गोल हो वा होइन त्यसमाथि घानाले न्याय पाउनु पर्दथ्यो । वास्तवमा विजयको नजिक पुगेको घानामाथि ठूलो अन्याय भयो । जस्को चर्चा आज विश्वभरि भइरहेको छ ।
भोलिको दिनमा गोल लाइनभित्र उत्पन्न हुने विवादको अन्त्य गर्न बलभित्र कम्प्युटर चिप्स वा टेनिस र क्रिकेटमा जस्तै प्रयोग हुदै आएको हक आई प्रविधि वा अन्य कुनै प्रविधिलाई फिफाको आगामी बैठकमा राख्ने कुरालाई फिफका अध्यक्षले सहमति जनाएका थिए र यो प्रविधि शुरु पनि भइसकेको छ।
फु्टबलमा गोल लाइन प्रविधिको प्रयोगबाट पक्कै पनि विवादास्पक घटनाहरु दोहरिने छैनन् । गत विश्वकपमा यो गोल लाइन प्रविधिको सफल प्रयोग गरिएको थियो । यसैगरि भिएआर अर्थात् भिडियो असिस्टेन्स रेफ्रीको प्रयोग नेपालमा नभएर नेपाल र भारतबीच भएको फुटबल म्याचमा विवाद उत्पन्न भएको थियो । यदि भिएआर प्रविधि भएको भए रेफ्रीले दोहर्याएर भिडियो हेरेर आफ्नो सहि निर्णयमाथि पुनरावलोकन गर्न सक्थे । भिएआर वान, टु, थ्री हुनुपर्छ । तीन एङ्गलबाट हेरेर रेफ्रीले गल्ती गरेको भए सच्याउन मद्दत पुग्ने थियो । अतः नेपालमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि भिएआर प्रविधि शूरु गर्नुपर्छ । यसबाट रेफ्रीले खेल निश्पक्ष रुपमा सञ्चालन गर्न सक्छन् ।