यु–८ सिंगल्समा कायन र अमिरा च्याम्पियन

काठमाडौं । कायन चालिसे र अमिरा गुप्ता होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु–८ सिंगल्समा आइतबार पहिलो भएका छन् । कायन ब्वाइज तथा अमिरा गल्र्समा पहिलो भए ।

होटल मिस्टिक माउन्टेनको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा कायनले शुभम् श्रेष्ठलाई १०–६ र १०–५ को सोझो सेटमा पराजित गरे । गर्ल्सको उपाधि भिडन्तमा अमिराले निम्ति कुँवरलाई १०–१२, १०–४ र १०–५ को सेटमा हराइन् ।

बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगितामा अमिरा र निम्ति यु–९ गल्र्स सिंगल्सको फाइनलमा पनि भिड्ने भएका छन् । सेमिफाइनलमा अमिराले समृद्धि खत्रीलाई ४–०, ०–४ र ७–२ तथा निम्तिले रजिशा जोशीलाई ४–१ र ४–२ ले पाखा लगाएका थिए ।

यु–१० ब्वाइज सिंगल्समा सभ्यजंग कार्की, साहन्स बस्न्यात, अविर केडिया र भिरल अग्रवालले सेमिफाइनलमा स्थान सुरक्षित गरे । सोही स्पर्धाको गल्र्समा सरा पन्त, तभिसी राणा, सुहानी जजोडिया र नाइरा घलेले सेमिफाइनलमा स्थान बनाए ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्समा वृजेश अर्याल, विश्व डल्लाकोटी, असभसम्राट हाडा र साङगे रोकायाले सेमिफाइनलमा स्थान पक्का गरे । उक्त स्पर्धाको गर्ल्समा स्वस्तिका विष्ट, आयुशा जोशी, कर्मिस्था श्रेष्ठ र शिभाली गुरुङ सेमिफाइनलमा प्रवेश   गरे ।

यु–१२ ब्वाइज सिंगल्समा विश्व डल्लाकोटी, आरित मल्ल, सुजन कुइकेल र भेदान्त चालिसे सेमिफाइनलमा  पुगे । उक्त स्पर्धाको गर्ल्समा आयुशा जिसी, स्वरा थापा, सरा पन्त र अनुश्री ध्वजुले सेमिफाइनल यात्रा तय गरे । यु–९ ब्वाइज सिंगल्समा अहान केडिया, भिरल अग्रवाल, कायन चालिसे र सहान्श बस्न्यात सेमिफाइनलमा प्रवेश गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :