ओलम्पिक कमिटीको आगामी निर्वाचनमा निलेन्द्रराज श्रेष्ठले अध्यक्षमा उम्मेद्वारी दिने

लक्ष्मी शाक्य

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले नेपाल ओलम्पिक कमिटिको आगामी महिना हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् ।

महासचिव श्रेष्ठले आज बुधबार नेपाल ओलम्पिक कमिटीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठलाई भेटेर आफुले आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने बताएका हुन् ।

साथै महासचिव श्रेष्ठले आफु नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा उठ्न लागेको घोषणा भोलि मंसिर ६ गते सार्वजनिक रुपमा गर्ने लागेको समेत मेरोखेल डटकमलाई जानकारी गराए ।

विगत लामो समयदेखि नेपाल ओलम्पिक कमिटीको कार्यसमितिमा रहेका श्रेष्ठ गत निर्वाचनमा महासचिव पदमा निर्वाचित भएका थिए । सम्पूर्ण ओलम्पिक कमिटीका सदस्य साथीहरुको साथ र सहयोग रहेकोले आफुले आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको उनको भनाई छ ।

नेपाल ओलम्पिक कमिटीको विगतको इतिहास हेर्दा एक व्यक्तिले दुई(दुई पटक अध्यक्ष र महासचिव बन्दै आएको इतिहास छ । दोश्रो पटक एनओसीका अध्यक्ष बनेका जीवनराम श्रेष्ठको पहिलो कार्यकालमा लामा टेण्डी शेर्पा महासचिव बनेका थिए भने दोश्रो कार्यकालमा निलेन्द्र श्रेष्ठ ।

यतिबेला एनओसीको अध्यक्षको उम्मेद्वारीमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र वरिष्ठ उपाध्यक्षहरुको चर्चा चलेपनि कसैले अध्यक्ष पदमा उम्मेद्वारीको घोषणा भने अ‍ेहिलेसम्म गरेका छैनन् । तर महासचिव श्रेष्ठले मंसिर ६ गते आधिकारिक रुपमै अध्यक्ष पदमा उठ्ने घोषणा गर्ने जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :