टोटनहमसँग सिटीको फराकिलो हार

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी पराजित भएको छ ।

इतिहाद स्टेडियममा भएको खेलमा सिटीले पाहुना टोली टोटनहमसँग ४-० गोलको फराकिलो हार व्यहोरेको हो । टोटनहमको जितमा जेम्स म्याडिसनले २ तथा पेड्रो पोरो र ब्रेनान जनसनले १-१ गोल गरे ।

पछिल्लो समय खराब प्रदर्शनबाट गुज्रिदै आएको सिटी हारपछि १२ खेलमा २३ अंकसहित दोश्रो स्थानमा रहेको छ । यता सिटीलाई हराउँदै समान खेलबाट १९ अंक जोडेको टोटनहम छैठौं स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत शनिबार नै भएको अन्य खेलमा चेल्सीले लेस्टर सिटीलाई २-१, उल्भ्सले फुलहमलाई ४-१, आर्सनलले नोटम फरेस्टलाई ३-० र ब्राइटनले बोर्नेमाउथलाई २-१ गोलले पराजित गरेका छन् ।

यस्तै एस्टन भिल्लाले क्रिस्टल प्यालेससँग २-२ गोल र एभर्टनले ब्रेन्टफर्डसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :