तेश्रो काठमाडौं जिल्लास्तरीय तेक्वान्दो सम्पन्न

काठमाडौं । गोठाटार तेक्वान्दो डोजाङको आयोजनामा तेश्रो काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

पेप्सीकोलास्थित गान्धीमोडमा भएको प्रतियोगितामा ३४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । ८४ पुरुष र ४८ महिला गरी १ सय ३२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, ललितपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिल महर्जन, आयोजक डोजाङका संस्थापक अध्यक्ष प्रेम भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :