खेल, खेलाडी र प्रेम

रमेश खनाल (खेलकुद मनोविज्ञ)

खेलकुद मनोविज्ञानका डाक्टर हेन्स क्र्याचरले एउटा घटना सुनाए । र, सुनाइसकेपछि सबैको सुझाव लिखितरुपमा पेश गर्नुपर्ने शर्त राखे । सुनाएको घटना खेल, खेलाडी र प्रेमबारे थियो ।

सन् १९८८ सियोल ओलम्पिकको तयारी क्याम्प लागेको थियो । जर्मनीका खेलाडीहरु बिहान, दिउँसो र साँझमा आवश्यकता अनुसार तालिम गर्र्थे । खेलाडीहरुलाई सास फेर्ने फुर्सत थिएन । बिहान तालिम गर्थे, दिउँसो केहि घण्टा आराम गर्थे र साँझमा फेरी तालिम गर्थे ।

यस्तैमा एक जना महिला खेलाडीले प्रशिक्षण राम्रो नगरेको देखियो । प्रशिक्षण राम्रोसँग नगर्ने खेलाडीलाई निरिक्षण गर्न शुरु गरियो। शुरुमा उनलाई अनुरोध गर्दा उनले आफ्नो समस्या बताइनन् । तर पछि एक दिन उनले फोन गर्दा गर्दै प्रेममा परेको कुरा बताईएको सुनियो । त्यसपछि उनलाई हामी (डा.क्र्याचरसहित) ले भेट्यौं ।

उनले खुलेर बताइन् । उनको प्रेमी रहेछ । उसले घरिघरि फोन गरेर यहाँ भेट्ने त्यहाँ भेट्ने भनेर बोलाइरहदो रहेछ । प्रेमी अर्कि केटीलाई पनि प्रेम गर्दो रहेछ । त्यो कुरा ति खेलाडीलाई थाहा रहेछ । प्रेमीको फोनले बारम्बार डिस्टर्भ गरेर उनको प्रशिक्षणमा एकाग्रता हुन नदिने रहेछ । यस्तो अवस्थामा रहेकि खेलाडीको मानसिक समस्या कसरी हल गर्ने?

डाक्टर हेन्स क्र्याचरको कुरा सुनेपछि हाम्रो क्लासमा एकछिन गाईगुई चल्यो । हामीले भोलि आफ्नो विचार लेखेर ल्याउछौं भन्यौं। त्यसपछि कक्षा छुट्यो । भोलिपल्ट कक्षामा सर्वथा चासोको विषय रह्यो, हिजोको घटनाको सुझाव । हामी सबैले खेलेको सुझाव डाक्टार क्र्याचरलाई दियौं । क्र्याचरले ४० जनाले लेखेको सुझाव सरसर्ति पढे । र, असन्तोष प्रकट गर्दै भने कसैले पनि चित्त बुझ्दो सुझाव दिएको छैन ।

‘कसैले उसको प्रेमीलाई हिर्काउनुु पर्छ भनेर लेखेका रहेछन् । कसैले अनुशासनहिन खेलाडीलाई क्याम्पबाट निस्कासन गर्नुपर्छ भनि उल्लेख गरेका रहेछन् । कसैले उसको केटालाई भेटेर सम्झाउनु पर्छ भन्ने कुरामा जोड दिएका रहेछन् । र, कसैले यस्ता कुरालाई वास्ता गर्नु हुदैन भनेर लेखेका रहेछन्।’

सबैको सुझाव पढेपछि उनले भने– ‘तपाईहरु अफ्रिका, एशिया र दक्षिणपूर्वी एशियाबााट आउनु भएको छ । तपाईहरुको प्रशिक्षण क्याम्पमा यस्ता घटनाहरु घटन् सक्छन् । आखिर त्यहाँ केटा पनि हुन्छन्, अनि केटी पनि । तपाईहरुले यस्तो घटनालाई राम्रोसँग मन्थन गर्नुपर्छ । भोलि यस सम्बन्धमा वैचारिक मन्थन गरिने छ । त्यसका लागि तपाईहरु तयार भएर आउनु होला।’

भोलिपल्ट मनोविज्ञानको पुरै पिरियड वैचारिक मन्थनमा बित्यो । अफ्रिकाका साथीहरुले सामान्य घटनाको रुपमा लिनुपर्छ, यसलाई कारण बनाउनु हुदैन भने । दक्षिणपूर्वी एशियाका साथीहरुले तुक नभएको कुरा हो, सामान्य हो भन्ने निक्र्यौल निकालेका थिए । एशियाली मुलुकका साथीहरुले खेलाडीहरुलाई सम्झाउने, खेलाडीद्वारा उसको प्रेमीलाई प्रशिक्षण अवधिभर डिस्टर्भ नगर्न अनुरोध गर्ने, आवश्यकता परे उसको प्रेमीलाई भेटेर, सहज प्रशिक्षण गर्न दिने वातावरण बनाइदिन अनुरोध गर्ने र उसको प्रेम अन्त नगर्ने, नमार्ने कुरा सुनाएका थिए ।

हाम्रो कुरा सुनेपछि डा. क्र्याचरले हाम्रो कुरालाई महत्व दिदै भने, ‘(हामीलाई देखाएर) उहाँहरुको परामर्श उचित लाग्यो । खेलाडीलाई मानसिक तनाव, डिस्टर्भ भइरहेको थाहा पाउँदा पाउँदै केहि होइन, केहि छैन भनि निश्चिन्त बस्न मिल्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :