प्रतियोगिता भईरहेको बेला संलग्न प्रशिक्षकको रक्तचाप बढेको हुन्छ । उनीहरु आफ्नो टीम हार्ने कि जित्ने पीरले तनावमा पर्छन् । जब प्रतियोगितामा समानस्तरका टीमबीच प्रतिस्पर्धा हुन्छ, तव प्रशिक्षकको तनाव बढ्छ । उनीहरु हरसमय आफ्नो टीमलाई जिताउने रणनीतिमा दिमाग खिचाईरहेका हुन्छन् । केहि अङकको तल पर्दा पनि तनाव हुन्छ। र, माथि पर्दा पनि त्यत्तिकै चिन्ता हुन्छ ।
आफ्नो प्रतिद्वन्दीको कमजोर पक्ष के के हुन्? उनीहरुलाई कुन रणनीतिबाट पराजित गर्न सकिन्छ भन्ने कुरा उनीहरुले अध्ययन मनन् गर्नु पर्दछ र ति रणनीतिलाई मैदानमा जीवन्तता दिन प्रयत्न गर्नु पर्छ । मैदानमा घट्ने एक–एक घटनासँग उनीहरु साक्षात्कार हुनु पर्दछ । घटित घटनालाई आफ्नो पक्षमा ल्याउन कहिले उनीहरु बेन्चबाट यसो गर, त्यसलाई चेक गर, यति नम्बरलाई उता पठा भनि चिच्याइरहेका हुन्छन् ।
९० मिनेटको खेलमा उनीहरु पुरै समय मानसिक तनावमा पर्नुपर्छ । यत्ति तनाव व्यहोरिसकेपछि आफ्नो टीमले जित्यो भने सवभन्दा खुशी उनीहरु नै हुन्छन् । यहि सत्यलाई चरितार्थ गर्न विजय टीमका खेलाडीहरुले खेल सकिनासाथ आफ्नो प्रशिक्षकलाई काँधमा बोकेर घुमाउँछन् , खुशी हुदै टाउको माथि उठाउँछन् । तर जब उनीहरुको टीम पराजित हुन्छ तव सम्पूर्ण व्यवस्थापक , टोल, समाज, क्लब आदि उनीमाथि खनिदै भन्छन्– ‘हाम्रो कोचले राम्रो सिकाएन, कोच बदल्नु पर्छ।’
प्रशिक्षक बदल्ने घटना विश्वकपका दौरानमा पनि चल्छ । टीम पराजित हुनासाथ प्रशिक्षक ठिक छैन भन्दै केहि राष्ट्रले प्रशिक्षक घटाएका पनि छन् । वास्तवमा उनीहरुको टीम किन, कसरी पराजित भयो भन्ने विषय माथि साह्रै थोरै विश्लेषण गरिन्छ । टीमको खेलाडीले कस्तो खेल खेले, ति खेलाडीहरुको मानसिकस्तर कस्तो थियो, खेलाडीलाई अभिप्रेरित गर्ने व्यवस्था कस्तो छ, खेलाडीहरुको अनुशासन मूल्याङ्कन, अध्ययन नगरिकन नै प्रशिक्षक नै ठिक छैन भनि आरोप लगाई प्रशिक्षक हटाउनु उचित हुदैन ।
तर प्रशिक्षकले निभाउनु पर्ने भूमिका वहन गर्नुपर्ने उत्तरदाइत्व बहन गर्न नसकेको खण्डमा टीमबाट प्रशिक्षक हटाइन्छ। त्यसरी हटाइएका प्रशिक्षकका सम्वन्धमा न्यायपूर्ण छानबिन गर्न पनि सकिन्छ । जे होस्, प्रतियोगिताका दौरानमा प्रशिक्षकलाई हेर्नु पर्दछ, उ कत्ति आत्तिइरहेको हुन्छ । तनावमा हुन्छ । तर जुन प्रशिक्षकले टीमदाई उचित प्रशिक्षक दिएका हुन्छन, उनीहरु मानसिक रुपवाट आफ्नो टीमले जित्नेमा ढुक्क हुन्छन् । उनीहरु भित्र दरो विश्वास हुन्छ । शुरुमा एक, दुई गोल खाए पछि आफ्नो टीमले जित्नेछ भन्नेमा ढुक्क बस्दछ । तर पनि मैदानमा घटित रणनीतिवाट विमुख हुदैनन् । उनीहरु हातमा नोटबुक र कलम लिएर घटित रणनीतिलाई पराजित गर्ने अर्को दाउपेच सिर्जना गरिरहेका हुन्छन् । र? नविन दाउपेचलाई विस्तारै खेलाडी समक्ष पुर्याउछन् । अनि आफ्नो खेलाडीलार्य परिमार्जन गर्दै खेल जित्ने गर्छन् ।
त्यसैले प्रतियोगिताको मानसिक दबाववाट छुटकरा पाउन प्रशिक्षकहरुले आफ्नो सभाव्य प्रतिपक्षको सम्पूर्ण गतिविधि बारे सूचना संकलन गर्नु पर्दछ । अध्ययन, विश्लेषण, रणनीति निर्माण र व्यवस्थापकिय दवावबाट मुक्त हुन प्रयास गर्नु पर्दछ । प्रशिक्षक हुन त्यति सजिलो छैन । प्रशिक्षकको दाइत्व धेरै दृष्ट्रिकोणवाट उच्च मर्यादाको पद हो । यो मर्यादित पदलाई पालन गर्न धेरै मेहेनत गर्नु पर्दछ ।