इङगलिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा आर्सनलले सहज जित हासिल गरेको छ ।
घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनलले म्यानचेस्टर सिटीलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनललाई जित दिलाउन मार्टिन गोडेगार्ड, थोमस पार्टी, मायल्स लुइस-स्केली, काइ हाभर्टज र इथान एन्वानेरीले गोल गरे । सिटीका लागि एर्लिङ हालान्डले एक गोल फर्काए ।
जितसँगै दोश्रो स्थानको आर्सनलले २४ खेलबाट खेलबाट ५० अंक जोडेको छ। पराजित सिटी समान खेलमा ४१ अंकसहित चौथो स्थानमा रहेको छ।
आइतबारै सम्पन्न अन्य खेलमा टोटनह्यामले ब्रेन्टफोर्ड तथा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई समान २-० ले पराजित गरेका छन् ।