अल नासरको जितमा रोनाल्डोको दुई गोल

एएफसी च्याम्पियन्स लिग एलिट अन्तर्गत सोमबार राति भएको खेलमा साउदी अरेवियन क्लब अल नासरले सहज जित हासिल गरेको छ ।

अल अवाल पार्कमा भएको खेलमा घरेलु टोली नासरले युएईको क्लब अल वासललाई ४-० गोलले पराजित गरको हो।

अल नसारलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा अली अल हसन र मोहम्मद अल फातिलले एक एक गोल गरे।

जितसँगै समूह ‘बी’ को अल नासर ७ खेलबाट १६ अंक जोड्दै तेश्रो स्थानमा रहेको छ । पराजित अल वासल समान खेलमा ११ अंकसहित पाँचौं स्थानमा छ ।

सोमबार राति नै भएको समूह ‘बी’ को अन्य अल अहिलले अल सादलाई ३-१ र अल रायनले अल अइनलाई २-१ ले पराजित गर्दा एस्तेघलाल एफसीले अल शोर्तासँग १(१ को बराबरी खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :