१०० टेष्ट म्याचसँगै करुणारत्नेले गरे सन्यासको घोषणा

श्रीलंका स्टार व्याट्सम्यान दिमुथ करुणारत्नेले क्रिकेटका सबै प्रारुपबाट सन्यास लिने घोषणा गरेका छन् । करुणारत्नेले अष्ट्रेलियाविरुघ ६ फेब्रुअरीदेखि शुरु हुने दोश्रो टेष्टबाट सन्यास लिने घोषणा गरेका हुन् । करुणारत्नेले यो आफ्नो अन्तिम टेष्ट खेल हुने बताएका छन् ।

विगत देढ दशकदेखि श्रीलंकन क्रिकेट टोलीका प्रमुख सदस्य रहेका करुणारत्नेले क्रिकेटका सबै प्रारुपमा ८ हजार भन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् । अहिलेसम्म ९९ सय टेष्ट म्याच खेलिसकेको करुणारत्नेले टेष्ट म्याचमा सर्वाधिक ७१७२ रन बनाएका छन् ।

अष्ट्रेलियाविरुद्ध ६ फेब्रुअरीदेखि शुरु हुने दोश्रो टेष्ट उनको क्रिकेट जीवनको १०० टेष्ट हुनेछ । करुणारत्ने टेष्ट क्रिकेटमा १६ शतक र ३९ अर्धशतक प्रहार गरेका छन् । आफ्नो १०० टेष्टमा करुणारत्नेले शतकिय पारी खेलेर यादगार बनाउने बताएका छन्।

सन् २०११ मा अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेटमा डेब्यू गरेका करुणारत्नेले अहिलेसम्म ५० एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाएका छन् । उक्त खेलमा उनले १३१६ समेत बनाएका छन् । एकदिवसिय क्रिकेटमा उनले १ शतक र ११ अर्धशतक प्रहार गरेका छन् ।

१०० टेष्ट म्याच खेलेपछि सन्यासको घोषणा गरेका करुणारत्ने त्यसपछि श्रीलंका छोडेर परिवारसहित अष्ट्रेलिया बसाई सराई गर्ने समेत खुलासा गरेका छन् । साथै उनले यो सन्यास लिने उपयुक्त समय भएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :