भारतका युवा खेलाडी अभिषेक शर्मा टी २० क्रिकेटका स्टार ब्याट्सम्यानको रुपमा उदाएका छन् । उनले विगत एक वर्षमा भारतीय राष्ट्रिय टोलीको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका छन् । जसमा दुईवटा टी २० शतक प्रहार गर्न समेत सफल भएका छन्।
२४ वर्षिय अभिषेक उत्कृष्ट प्रदर्शनका कारण जति चर्चामा छन त्यति नै कमाईका हिसावले पनि चर्चामा आएका छन् । उनी विभिन्न निकायवाट वर्षका करोडौं भारतीय रुपैया कमाउँदै आएका छन् ।
अभिषेक शर्माले अहिलेसम्म भारतको तर्फवाट १७ टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यसैले उनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सी ग्रेडमा सामेल गर्दै वर्षको १ करोड रुपैया पारिश्रमिक दिदै आएको छ ।
यो बाहेक अभिषेक इन्डियन प्रिमियर लिग (आईपीएल) बाट करोडौं कमाउँदै आएका छन् । आईपीएलमा सनराइजर्स हैदरावादबाट खेल्ने अभिषेकलाई सन् २०२४ मा ६ करोड ५० लाखमा खरिद गरेको थियो ।
सन् २०२५ मा सनराइजर्सले उनलाई १४ करोड दिएको छ । अभिषेकको नेटवर्थ करिब ५ करोडको रहेको छ । यसमा उनले स्पोन्सर, विज्ञापनबाट करोडौं कमाउँदै आएका छन् ।