काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) का अध्यक्ष जितेन्द्रबहादुर चन्दले नेपाल ओलम्पिक कमिटी (एनओसी) को सदस्य पदबाट राजीनामा दिएका छन् । चन्दले आज (बुधबार) आफ्नो राजीनामा पत्र युवा तथा खेलकुद मन्त्रालयमा बुझाएका हुन् ।
चन्दले पुष १३ गते भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा आफु सदस्य पदमा निर्वाचित भएको जानकारी गराउँदै नैतिकताको आधारमा उक्त पदमा बस्न उचित नरहेको भन्दै आफुले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।
चन्दले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दा र माघ २२ गते मंगलबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक कमिटी अफ एशिया (ओसिए) ले गरेको पत्राचारका साथै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) र एनओसीका धेरै सदस्य संघहरुले असहमति देखिएकोले आफुले नैतिकताको आधारमा राजीनामा दिएको जनाएका छन् ।
चन्दले यसको बोधार्थ युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका विभिन्न निकायमा समेत पठाएका छन् ।
जितेन्द्रको राजीनामा पत्र:
