काठमाडौं । मच्छिन्द्र फुटबल क्लब २४ औं आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा बुधबार भएको दोश्रो प्रि-क्वार्टरफाइनल खेलमा मच्छिन्द्रले विभागीय टोली नेपाल एपीएफ क्लबलाई २-० गोलले पराजित गरेको हो ।
मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफन कामहाले गोल गरे । दुवै गोल खेलको दोश्रो हाफमा भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४ औं मिनेटमा आदित्यले पहिलो गोल गरेका थिए । त्यसपछि ८२ औं मिनेटमा स्टेफनले गोल गर्दै मच्छिन्द्रलाई २-० को जित दिलाए ।
अब मछिन्द्रले सेमिफाइनल प्रवेशका लागि थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यता पहिलो खेलमै पराजित एपीएफ भने प्रतियोगिताबाट बाहिरीएको छ ।
तस्बिर: सुदर्शन रञ्जित (पोखरा)