पुनः अष्ट्रेलिया फर्किइन् सरस्वती

काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी अष्ट्रेलिया फर्किएकी छिन्।

पछिल्लो समय अष्ट्रेलियामा बस्दै आएकी सरस्वती पाँचौं संस्करणको टाइगर कप खेल्न स्वदेश फर्किएकी थिइन् ।

टाइगर कपको समापन लगत्तै सरस्वती पुनः बिहीबार अष्ट्रेलिया फर्किएकी हुन् ।

उनले विभागीय टोली नेपाल एपीएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी थिइन्।

पाँचौं संस्करणको टाइगर कपको फाइनलमा आयोजक टाइगर ग्रुपसँग पराजित हुँदै एपीएफ उपविजेता बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :