त्रिकोणात्मक श्रृंखलाको उत्कृष्ट नेपाली खेलाडी बन्दै पूजाले जितिन् स्कुटर

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अलराउण्डर पूजा महतो घरेलु मैदानमा सम्पन्न महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छिन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न त्रिकोणात्मक श्रृंखलाको उत्कृष्ट नेपाली खेलाडी बनेसँगै पूजाले यामाह स्कुटर प्राप्त गरेकी छिन् ।

पूजाले श्रृंखलाको कुल ६ खेलमा १३४ रन बनाउनुका साथै ३ विकेट लिएकी लिइन् । उनले नेदरल्यान्डविरुद्धको खेलमा अविजित रहँदै अर्धशतक प्रहार गरेकी थिइन्।

पूजा नेपालको लागि सबैभन्दा बढी रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा चौथो स्थानमा रहिन् ।

श्रृंखलाको सर्वोत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिप्चा पुत्थावोंग भइन्। उनले श्रृंखलाको ६ खेलमा १६ विकेट लिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :