पूर्व कप्तानद्वय ईन्जामाम र मिस्बाह उल हक ‘हल अफ फेम’ मा

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानका पूर्व कप्तानद्वय ईन्जामाम उल हक र मिस्बाह उल हकलाई उनीहरुको पाकिस्तानी क्रिकेटमा शानदार योगदानका लागि ‘हल अफ फेम’मा समावेश गर्दै सम्मानित गरेको छ ।

पीसीबीले घरेलु मैदानमा आयोजना हुन लागेको न्यूजील्याण्डविरुद्धको त्रिकोणिय एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटको शुभारम्भ हुनु अघि यी दुवै पूर्व कप्तानलाई हल अफ फेमबाट सम्मानित गरेको हो ।

सो अवसरमा पीसीवीका अध्यक्ष मोहसिन नकवीले दुवै पूर्व कप्तानलाई स्मारक टोपी र प्रमाणपत्र प्रदान गरेका थिए । यसपछि दुवै खेलाडीलाई स्टेडियमको परिक्रमा गराइएको थियो ।

इन्जमाम र मिस्बाहलाई सइद अनवर र मुस्ताकसँगै सन २०२४ मा हल अफ फेम बर्गमा सामेल गरिएको थियो । यसअघि इमरान खान, वसिम अक्रम, वकार युनिस र जावेद मियान्दाद लाई हल अफ फेममा समावेस गरिसकिएको छ ।

इन्जमाम पाकिस्तानको तर्फवाट अन्तर्राष्ट्रियस्तरमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले टेष्ट क्रिकेटमा ८८२९ र एकदिवसिय क्रिकेटमा ११७०१ रन बनाएका थिए। त्यस्तै सन २०१६ मा विश्व टेष्ट क्रिकेटमा नम्वर एक स्थान हासिल गर्ने मिस्वाहलाई पनि पाकिस्तानले महान क्रिकेटरको सूचिमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :