ब्रेस्ट सर्जरी गरेकि पूर्व नम्बर एक टेनिस खेलाडी हालेपले गरिन् सन्न्यासको घोषणा

रोमानियाकि पूर्व विश्व नम्बर महिला टेनिस खेलाडी सिमोना हालेपले व्यावसायिक टेनिस खेलबाट सन्न्यासको घोषणा गरेकि छिन् । हालेपले रोमानियको ट्रान्सिल्वेनिया ओपनमा लुसिया ब्रान्जेटीसँग सोझो सेट ६-१ र ६-१ ले पराजित भएपछि सन्न्यासको घोषणा गरेकि हुन् ।

दुई पटक ग्रायडस्ल्याम च्याम्पियन हालेपले सन् २०१८ मा एकाएक चर्चामा आएकि थिइन् । त्यसबेला हालेप कुनै टेनिस प्रतियोगितामा जित हासिल गरेर नभइ आफ्नो खेलमा व्यवधान उत्पन्न गरिरहेको ब्रेस्टको सर्जरी गर्ने घोषणा गरेर चर्चामा आएकि थिइन् ।

ठूलो ब्रेस्टकै कारण आफ्नो प्रदर्शनमा नकारात्मक प्रभाव परेको भन्दै उनले ब्रेसको अप्रेशन गराएर सानो पारेकि थिइन् । तर विडम्बना, त्यसपछि उनको प्रदर्शन उत्कृष्ट बन्नुको साँटो कमजोर बनेको थियो ।

हालेपले सन २०१८ को फ्रेन्च ओपनको फाइनलमा स्लोइन स्टिफन्सलाई पराजित गरेर पहिलो पटक ग्राण्डस्ल्यामको उपाधि जितेकि थिइन् ।

त्यस्तै २०१९ मा विम्बल्डनको फाइनलमा अमेरिकाकि सेरेना विलियम्सलाई पराजित गरेर दोश्रो पटक ग्राण्डस्ल्यामको उपाधि जितेकि थिइन् । सन् २०१७ मा विश्व टेनिस वरियता क्रमको शिर्ष स्थानमा पुग्न सफल भएकि अहिले ८७० औं स्थानमा रहेकि छिन् ।

रोमानियाको हाल सम्पन्न यो प्रतियोगितामा सहभागिता जनाउन हालेप वाइल्ड कार्डवाट प्रवेश गरेकि थिइन् । तर उनी पहिलो खेलमै सोझो सेटमा पराजित भएपछि सन्यासको घोषणा गरेकि हुन् ।

३३ वर्षीय हालेपले सन्यासको घोषणा गर्दै भनिन– ‘दु:ख र खुशीका साथ सन्यासको घोषणा गर्दैछु । यो फैसलाले मलाई निकै शान्ति प्राप्त भएको छ । म जहिले पनि यथार्थवादी रहे तर अहिले मेरो शरिर पहिलेको जस्तो छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :