त्रिकोणात्मक सिरिज अन्तर्गत न्यूजील्याण्ड र पाकिस्तानबीच भएको पहिलो खेलमा न्यूजील्याण्डले जित हासिल गरेको छ । पहिलो खेलमा न्यूजील्याण्डले पाकिस्तानलाई ७८ रनको विशाल अन्तरले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको न्यूजील्याण्डले ६ विकेटको क्षतिमा ३३० रन बनाएको थियो । न्यूजील्याण्डको तर्फबाट ग्लेन फिलिप्सले शतकिय पारी खेलेका थिए । फिलिप्सले ७४ बलमा १०६ रन बनाउँदै अविजित रहेका थिए । यद्यपी न्यूजील्याण्डको शुरुवात निकै खराव रहेको थियो ।
३३१ रनको विजय लक्ष्य पाएको पाकिस्तान ४८ ओभरमा अल आउट हुदै २५२ रनमा समेटिएको थियो । पाकिस्तानका ओपनर फखर जमानले उत्कृष्ट पारी खेलेपनि पाकिस्तानलाई जित दिलाउन भने. सकेनन् । फकरले ६९ बलमा ८४ रन बनाएका थिए । अ्रन्य ब्याट्सम्यानहरुको खासै योगदान रहेन ।