५६ वर्षीय विश्व च्याम्पियन बडी बिल्डर अब्बाडो इतिहास रच्ने क्रममा

विश्व बडी बिल्डरकि चर्चित महिला खेलाडी मेरी अब्बाडो मास्टर्स ओलम्पियामा प्रतिस्पर्धा गर्ने सबैभन्दा बढी उमेरकि खेलाडी बन्ने पक्का भएको छ । मास्टर्स ओलम्पियामा सहभागिता जनाउने पक्का भएपछि उक्त प्रतियोगितामा अब्बाडो सबैभन्दा बढी उमेरकि खेलाडी बन्ने छिन् । प्रतियोगिताको समयमा उनको उमेर ५७ वर्षको हुनेछ ।

अमेरिकाकि अब्बाडो सन् २०२६ मा जापानको राजधानी टोकियोमा आयोजना हुने महिला मास्टर्स ओलम्पियामा सहभागिता जनाउँदै छिन् । यसअघि मेरी अब्बाडोले नेशविले फिट शो मा आफ्नो सुन्दर शरिरको प्रदर्शन गर्दै मास्टर क्लासको उपाधि जितेकि थिइन् ।

त्यस्तै सन् २०२२ मा अब्बाडोले मास्टर बिकिनीको विश्व च्याम्पियनको उपाधि समेत जितेकि थिइन् । अब्बाडोले ४० वर्ष उमेर पार गरिसकेका महिलाहरुको प्रतिस्पर्धामा यस्तो उपलब्धि हासिल गरेकि हुन् । उनले ४३ वर्षको उमेरमा वडिविल्डरको वर्क आउट शुभारम्भ गरेकि थिइन ।

फेटनेसप्रति विशेष रुचि राख्ने अब्बाडो त्यसपछि छोटो समयमै प्रमाणित प्रशिक्षक बन्न सफल भएकि थिइन् । यसपछि उनी बिकनी बडी बिल्डिंग प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएकि थिइन् ।

पहिले उनी अब्बाडोलाई बिकनी बडी बिल्डिंग प्रतियोगिताको वारेमा समेत जानकारी थिएन, उनको नीजी प्रशिक्षक पनि थिएन । अब्बाडोले सबै कुराको जानकारी अर्थात आहार, प्रशिक्षण, प्रतिस्पर्धा र अन्य आवश्यक कुराको जानकारी अनलाइन बाट लिएको जानकारी गराएकि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :