राखेप घटनाको निष्पक्ष छानविन गर्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त उसु महासंघको माग

काठमाडौं । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल उसु महासंघले माघ २५ गते शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको कार्यकक्षमा घटेको घटनाप्रति दुःख प्रकट गरेको छ ।

उसु महासंघले आज माघ २७ गते प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटना नियोजित नभई घुसपैठ भई अप्रत्यासित रुपमा घटेको जानकारी गराएको छ । साथै यसै घटनालाई आधार बनाएर आधिकारिक तथ्य बिना सञ्चारमाध्यममा सम्प्रेषण गरिएको समाचारप्रति महासंघको ध्यानकर्षण भएको जनाएको छ ।

यस्तै नेपाल उसु महासंघको आधिकारिक रुपमा भएको निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषदले मान्यता नदिई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको निर्देशनको समेत पालना गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अध्यक्ष बीरबहादुर तामाङ र महासचिव ल्हाक्पा छिरिङ लामाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा राखेपको यस्तो निर्णयले खेलाडीहरु मार्कामा परेको र पलायनको बाटो रोज्न बाध्य भएको उल्लेख गरिएको छ ।

साथै यो घटनामा नेपाल ओलम्पिक कमिटीको निर्वाचनप्रति कुनै सरोकार नभएको भन्दै यसलाई राजनीतिकरण गरिनु खेदजनक भएकोले उक्त घटनाको निष्पक्ष छानविन गर्न समेत माग गरेको छ ।

नेपाल उसु महासंघको विज्ञप्ति:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :