मच्छिन्द्रलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै थ्री स्टार सेमिफाइनलमा

काठमाडौं । थ्री स्टार क्लब २४ औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारले पोखरा रंगशालामा आइतबार मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गरेको हो ।

यी दुई टोलीबीचको दोश्रो क्वार्टरफाइनल खेल निर्धारित ९० र अतिरिक्त ३० मिनेट बराबरीमा सकिएको थियो । त्यसपछि खेलको नतिजाको निर्धारण पेनाल्टी सुटआउटमार्फत गरिएको थियो ।

पेनाल्टीमा थ्री स्टारका लागि दिपेश घले, फोडे फोफना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे। मच्छिन्द्रका लागि दिवाकर चौधरी र सनिस श्रेष्ठले गोल गर्दा विशाल घलान र आदित्य शाक्यको प्रयास असफल रह्यो ।

थ्री स्टारले अब फाइनल प्रवेशका लागि थन्डरबोल्ड नर्थ युनाइटेड क्लब र ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :