अमिषासहित ९ खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिर

काठमाडौं । मिडफिल्डर अमिषा कार्कीसहित ९ जना खेलाडी नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरीएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बन्द प्रशिक्षणमा रहेका ३९ खेलाडीबाट ९ जनालाई बाहिर राख्दै प्रारम्भिक टोलीलाई ३० सदस्यमा झारिएको जानकारी गराएको छ ।

घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय महिला फोर नेसन्स कपका लागि नेपाली टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा माघ १९ गतेदेखि बन्द प्रशिक्षणमा रहँदै आएको छ । एन्फाले शुरुमा ३९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

दोश्रो चरणमा उक्त संख्यालाई ३० मा झारिएको हो । बन्द प्रशिक्षणबाट बाहिरीने ९ जना खेलाडीमा अमिषासहित सहारा लिम्बु, हेमा चौधरी, सुक्रिया मिया, सेमिहाङ्मा लिम्बु पण्डक, मिना देउवा, पुष्पकुमारी खड्का, यशोधा शाही र झुमा विश्वकर्मा रहेका छन् ।

फोर नेसन्स कप आगामी फागुन ५ गतेदेखि १३ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने छ । नेपाल किर्गिस्तानबीचको खेल फागुन ५ गते दशरथ रंगशालामा साँझ ५स्३० बजे शुरु हुनेछ ।

यसैगरी नेपालले दोश्रो खेल फागुन ८ गते लेबना र तेश्रो खेल ११ गते म्यानमारसँग खेल्ने छ । फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा नेपालले फोर नेसन्स लिग खेल्न लागेको हो।

बन्द प्रशिक्षणमा रहेका ३० खेलाडी:

गालकिपरः एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सावित्री किशन र सुजता तामाङ

डीफेन्डरः अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी, सजनी थोकर र प्रतिक्षा चौधरी

मिडफिल्डरः अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल, सम्झना लावती, सुष्मा तामाङ, मनमाया दमाई र बिर्सना चौधरी

फरवार्डः सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, ममता पुन र रेखा पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :